पाँचथर – माघ ११ गतेदेखि हराइरहेकी पाँचथरकी एक महिला आइतबार मृत भेटिएकी छन् । फिदिम–१, चारखम्बे बस्ने ६८ बर्षीया शुसीला तामाङ फिदिम–२, तालखर्कमा आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । माघ ११ गतेदेखि सम्पर्कबिहीन बनेकी उनको परिवारले खोजीकार्य जारी राखेका थिए ।
मृतक तामाङको शवलाई पोष्टमार्डमका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post