मोरङ – आमाको हत्या गरेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षका कमल श्रेष्ठ छन् । मोरङको शनिश्चरे नगरपालिका–२ घर भएका कमलले आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।
माघ १२ बाट जगमाया हराएको भनेर परिवारले खोजतलासका लागी प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानबाट जग्गाको विवाद हुँदा कमलले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आमाको हत्यापछि उनले सोही ठाउँमा रहेको हरीयाली सामुदायिक वन छेउको घाटमा जलाएका थिए । माघ १७ मा पक्रेर उनलाई ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तस्बिर रातोपाटी
Discussion about this post