Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साउदीबाट श्रीमानको शव ल्याइदिन हारगुहार

सुमन सहयात्री सुमन सहयात्री
२१ माघ २०७८, शुक्रबार १८:२०
विदेश, Uncategorized
साउदीबाट श्रीमानको शव ल्याइदिन हारगुहार

धनकुटा – विदेशमा श्रीमानको मृत्यु भएको ४ महिना बितिसक्दा पनि शव नआएपछि छथरजोरपाटी गाउँपालिका–५ परेवादिनकी विष्णुमाया लिम्बू चिन्तामा छिन् । साउदीमा बितेका श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन सरकारसमक्ष उनले अनुरोध गरेकी छन् ।

उनका श्रीमान् ३९ वर्षीय रामकुमार लिम्बूको असोज २६ गते उपचारका क्रममा निधन भएको थियो । उनी १८ वर्षदेखि साउदीस्थित ‘एइड दहिम अल हामउड एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ’ कम्पनीमा मजदुरी गर्थे । उनी बाटोमा काम गरिरहेका थिए । त्यहीबेला गाडी आउँदा त्यसलाई साइड दिने क्रममा उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा मृत्युु भएको कुरा साउदीमै रहेका उनका साथी युवराज कार्कीले फोनमार्फत आफूलाई जानकारी गराएको विष्णुमायाले बताइन् ।

‘मृत्यु हुनुभन्दा एक साताअघि भिडियो कलमा निको भएर चाँडै घर फर्किन्छु भन्नुभएको थियो,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘त्यसको एक सातापछि मृत्यु भएको खबर आयो। उहाँको मृत्युको खबर सुन्दा सपना जस्तै लागेको छ ।’ विष्णुमाया १४ वर्षीय छोरासँगै मोरङको सुन्दरहरैचा–६ गछियामा सुकुम्बासी जग्गामा बस्दै आएका छन् । जिवीकोपार्जनका लागि गछियाखोलामा बालुवा चाल्ने काम गरिरहेको विष्णुमायाले बताइन् ।

रामकुमार २०६० मा वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । बिदाका बेला उनी घर आउजाउ गर्थे। तर, अहिले कोरोना महामारीका कारण आउन पाएका थिएनन् ।

मृतकका साढु कमलकुमार राईले कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए। उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले कात्तिक ८ गते राजदूतावास रियाद, साउदी अरबलाई पत्र काटेर मृतक लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोध समेत गरे ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२१ माघ २०७८, शुक्रबार १८:२०

Ostdeutsche Biersorten

२१ माघ २०७८, शुक्रबार १८:२०

How to pick the Best Data Room Application Developers

२१ माघ २०७८, शुक्रबार १८:२०

Modern Technologies and BBQ

२१ माघ २०७८, शुक्रबार १८:२०

The Benefits of a Data Sharing Tool

२१ माघ २०७८, शुक्रबार १८:२०

Choosing a Virtual Data Room Provider

२१ माघ २०७८, शुक्रबार १८:२०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.