खोटाङ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।
प्रहरीका अनुसार उनीहरूको साथबाट गोरु काटेको भनिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको छ । उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । ईकान्तिपुर
Discussion about this post