Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

सुमन सहयात्री सुमन सहयात्री
२६ माघ २०७८, बुधबार ०२:२७
कला/साहित्य, Uncategorized, सांस्कृतिक
बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

लन्डन – मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो ।

विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको सहआयोजनामा फेब्रुअरी तेस्रो साता उत्सव हुन लागेको हो । आइतबार बसेको महासंघहरूको संयुक्त बैठकले फेब्रुअरी १९ तारिख शनिबारका दिन मातृभाषा साहित्य उत्सव आयोजना गर्ने निर्णय गरेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । ‘मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले गत वर्ष हामीले बेलायतमा मातृभाषा साहित्य उत्सव सुरु गरेका थियौँ । यस वर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गर्ने भएका छौँ,’ अध्यक्ष हितानले भने, ‘उत्सवमा देश विदेशबाट मातृभाषाका सर्जकहरू सहभागी हुनेछन् ।’ उनले उत्सव भर्चुअल रूपमा जुमबाट हुने जानकारी दिए ।

यस वर्षको २३ औँ विश्व मातृभाषा दिवस भने फेब्रुअरी २१ सोमबारका दिन परेको छ ।

बैठकले विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका सचिव अमित थेवेलाई गत वर्षझैँ यस पटक समेत उत्सवको संयोजक तोकेको छ ।

उनकै परिकल्पना अनुुसार बेलायतमा मातृभाषी कवि एवम् साहित्यकारहरूले आफ्नो राष्ट्रभाषामा सिर्जना सुनाउने गरी उत्सव सुरु भएको थियो । उनी आदिवासी जनजाति साहित्यकार/लेखक माहासंघ यूकेका संयोजक समेत हुन् । उनका अनुसार गत वर्ष कविता विधामा रचनाहरू सुनिए पनि यसपटक गीत विधामा उत्सव केन्द्रित रहने बताए । ‘विभिन्न मातृभाषा वा राष्ट्रभाषामा यसपटक पनि सर्जकहरूले आफ्नो रचना सुनाउनेछन् । यस वर्ष हामीले गीत विधालाई रोजेका छौँ,’ संयोजक थेवेले भने, ‘कार्यक्रममा बेलायत र अन्य मुलुकका मातृभाषी सर्जकहरू सहभागी हुनेछन् ।’ उनले यसका लागि फेब्रुअरी १७ भित्र आफ्नो रचना आयोजकलाई पठाउन समेत आग्रह गरेका छन् ।

त्यस्तै, उत्सवका सहसंयोजक एवम् विनेसाम पश्चिम यूकेका मिडिया विभाग प्रमुख गोमा रानाले दुई दर्जनभन्दा बढी मातृभाषाका गीतकारहरूले आफ्नो रचना सुनाउने तयारी भइरहेको जनाइन् । ‘करिब दुई दर्जन बढी मातृभाषामा गीतहरू प्रस्तुत हुनेछन् । सहभागीहरूको संख्या भने फेब्रुअरी तेस्रो साता मात्रै यकिन हुनेछ,’ रानाले भनिन् । उनले बेलायत, नेपाल र अन्य मुलुकहरूका सर्जकहरूलाई रचना आह्वान गरिरहेको बताइन् । उत्सवका दिन वाचन भएका गीतहरू समेटेर आदिवासी गीतकारहरूको गीति संग्रह समेत प्रकाशन गरिने उनले जनाइन् ।

हालसम्म उत्सवका लागि याक्थुङ लिम्बु, राई समुदायबाट बान्तावा, थुलुङ र वाम्बुले, तामाङ, शेर्पा, गुरूङ, नेवार, मगर समुदायबाट ढुट, काइके र खाम, छन्त्याल, थारू, धिमाल, सिङ्सा(भोटे), खस, सुनुवार, याक्खा लगायतका मातृभाषाबाट सिर्जना प्रस्तुत हुने तय भइसकेको संयोजक थेवेले बताए ।

संयुक्त राष्ट्र संघको साँस्कृतिक निकाय य्ूनेस्केको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान(हालको बंगलादेश)मा मातृभाषाका रूपमा बंगाली भाषा बोल्न पाउनुपर्छ भन्दै माग गर्दा सन् १९५२ मा त्यहाँका चार विद्यार्थीहरू मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । एथ्नोलगकाअनुुसार हाल विश्वमा ७,१३९ भाषाहरू बोलिने गर्छन् । तीमध्ये ४० प्रतिशत जोखिममा रहेका छन् । नेपालमा भाषा आयोगको प्रतिवेदनअनुसार १३१ भाषााहरू अस्तित्वमा छन् ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२६ माघ २०७८, बुधबार ०२:२७

Ostdeutsche Biersorten

२६ माघ २०७८, बुधबार ०२:२७

How to pick the Best Data Room Application Developers

२६ माघ २०७८, बुधबार ०२:२७

Modern Technologies and BBQ

२६ माघ २०७८, बुधबार ०२:२७

The Benefits of a Data Sharing Tool

२६ माघ २०७८, बुधबार ०२:२७

Choosing a Virtual Data Room Provider

२६ माघ २०७८, बुधबार ०२:२७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.