चितवन – यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार घर भई हाल भरतपुर महानगरपालिका–२ डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका–१ बस्ने सन्जोग महरा, नवलपरासी बौदिकाली गाउंँपालिका–६ का मुस्कान ठकुरी, भरतपुर महानगरपालिका–७ का रोशनी मगर र नवलपरासी देवचुली नगरपालिका–२ घर भएकी सो होटल सञ्चालिका कल्पना महरा रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले लायन्स चोकस्थित नारायणगढको कल्पना होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post