पान्थर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक गाउँपालिका वडा नं. ५ को दोश्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
याङ्वरकस्थित थर्पु बजारमा सम्पन्न भेलाले चित्र बहादुर माबोलाइ अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको छ । यसरी नै उपाध्यक्ष रणकुमार माबो, सचिव कबिराज लक्सम ‘लक्कि’, सहसचिव धिरेन लक्सम, कोषाध्यक्ष सर्मिला लक्समलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा, सन्तोश काम्बाङ्ग, सर्ण कुमार काम्बाङ्ग, जनम काम्बाङ्ग, जगत काम्बाङ्ग, अफिम माबो, असोक लक्सम, पवन लक्सम, अमर सिगु, बिकास सिगु, कुसल लक्सम,भविन लक्सम्, दिपलस सिगु, रिजन लिङ्देन, नन्द कुमार माबो निर्वाचित गरेको छ ।
उक्त भेलाले इन्चा लक्समको अध्यक्षतामा संघीय लिम्बुवान महिला मञ्च समेत गठन गरेको छ ।उपाध्यक्षमा शान्ती लक्सम बेघा,सचिब शर्मिला लक्सम, कोषाध्यक्ष भिम कुमारी काम्बाङ्ग र सदस्यहरु सरिता लिङ्देन, जमुना इम्बुङ, गिता योङ्हाङ, श्री मायाँ सेवा, चन्द्र मायाँ योङ्हाङ्ग, शिव माया सेवा रहेका छन ।
उक्त भेलामा संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका प्रान्तीय सचीव सुनिता केरुङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव योगेस योङ्या, सदस्यद्वय कर्णबहादुर काम्बाङ, नरबहादुर सिगु, याङ्वरक गाउपालिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, सुनिता माबो लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
Discussion about this post