साइप्रस – गत शुक्रबार राती मेसावरी स्ट्रोभोलसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । सोलुखुम्बु जिल्ला गोराखानी गाउँकी २७ बर्षीय कान्छीमाया शेर्पाले आत्महत्या गरेको साइप्रस स्थित नेपाली नियोगले बताएको छ ।
शुक्रबार राती शेर्पाले आत्महत्या गरेको जानकारी नेपाली नियोगलाई आएको थियो । स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धान पछि मात्रै पोष्टमार्टमको रिपोर्ट आउने बताइएको छ भने मृतक शेर्पाको शवलाई निकोसिया स्थित शव गृहमा राखिएको छ ।
कान्छीमाया शेर्पा झण्डै पाँच बर्ष अगाडी घरेलु कामदारका रुपमा साइप्रस आएकी हुन् । उनी मुटू र थाइराइड रोगबाट ग्रसित थिइन । मानसिक सन्तुलन गुमाएर गलत कदम चालेकी हुन् की भन्ने उनी सँगै नजिक रहेका व्याक्तिहरूको आशंका रहेको छ तर बिस्तृत विवरण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै जानकारी हुने नेपाली नियोगले जनाएको छ ।
उता नेपालस्थित मृतकका आफन्तले मृत्युको कारण, सत्यतथ्य बुझिदिन र यथासक्य शवलाई नेपाल पठाइदिन साइप्रस स्थित नेपाली नियोग र साइप्रसमा रहेका कृयाशिल नेपाली संघ संस्थाहरूलाई अनुरोध गरेको छ ।
त्यस्तै, साईप्रसकाे राजधानी निकाेसियामा रहेकाे बौद्ध गुम्बामा मृतकका आफन्त साथिभाई र शेर्पा किदुक साइप्रसका पदाधिकारिहरुले मृतककाे नाममा श्रद्धाञ्जली अर्पण गरि बौद्ध धर्म अनुसार बत्ती बालेर शोक व्यक्त गरेको छ भने नेपाली कुटनितिक नियोगले पनि शोक ब्यक्त गरेको छ ।
मृतककाे शवलाई कानुनि प्रक्रिया पुरा गरि नेपाल पठाउने तयारी गरिरहेकाे शेर्पा किदुक साईप्रसले जानकारी गराएको छ ।
Discussion about this post