झापा– मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई सोमबार बिहान पक्राउ गरेको हो ।
३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी तामाङले हत्या गरेको झापा प्रहरीले जनाएको छ ।
मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
Discussion about this post