बाँकेको जानकी गाउँपालिका ४ मुनिजर पुरुवा स्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post