पान्थर – किरात याक्थुङ चुम्लुङ (कियाचू) लिम्बुवान प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन भएको छ । पान्थरको सदरमुकाम फेदेनस्थित चुम्लुङ हिममा भएको कियाचु लिम्बुवान प्रदेश समितिको दोस्रो अधिवेशनको बन्दसत्रबाट मधुराज केरुङको अध्यक्षतामा ११ सदस्यीय लिम्बुवान प्रदेश कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ्, सचिवमा इक्साहाङ चेम्जोङ, कोषाध्यक्षमा विन्द्रकुमार नाल्बो सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी क्रमशः सदस्यहरुमा कविन्द्र सेर्मा, मनकुमारी पङ्धाक (झापा), इन्दिरा मेयोङबा, बुद्ध इङ्वा (पान्थर), दिलु लिङदेन, तिर्थ सावदेन (इलाम) निर्वाचित भएका छन् ।
प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगाम ज्यूको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको खुल्ला सत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समन्वय समिति, फेदेन नगर प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन कियाचु प्रदेश समिति अध्यक्ष धुव्र मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post