काठमाडौं – पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जानकारी दिए ।
उनीहरुले अवैध रुपमा कल सेन्टर खोलेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको खड्काको भनाइ छ । उनीहरुलाई अहिले बानेश्वर वित्तमा राखेर थप अनुसन्धान भइरहको छ ।
Discussion about this post