काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा पार्टीको धारणा बनाउन आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ ।
बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ ।
‘आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन पछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।
यसअघि तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
Discussion about this post