Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

११ बर्षिय करुणा राईको बलात्कार गरि हत्या, शंकास्पद २ जना पक्राउ

सुमन सहयात्री सुमन सहयात्री
१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
अपराध, देश, मुख्य खबर
११ बर्षिय करुणा राईको बलात्कार गरि हत्या, शंकास्पद २ जना पक्राउ

मोरङ – दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार शुक्रबार बिहान लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा भेटिएको हो ।

प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीयसँग शव उठाउनका लागि समन्वय भइरहेको एसपी जिसीले बताए । निर्वस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ ।

प्रहरीका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार जंगलमा खनिएको खाल्डो ढुंगाले छोपेको अवस्थामा देखिएपछि उत्खनन गर्दा शव फेला परेको हो ।

वडा सदस्य नवीन लिम्बुका अनुसार जाते बजारबाट करिब डेढ किलोमिटर माथि पर्ने जंगलमा उनको शव फेला परेको हो । स्कुलबाट घर जाँदै गरेकी बालिकाको शव गाडेको अवस्थामा भेटिएपछि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेको उनले बताए ।

घटना शंकास्पद भएका कारण पोष्टमार्टमपछि थप विषय खुल्ने एसपी जिसीले बताए । प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट बालिकाको घरबाट करिब ३ किलोमिटर टाढा पर्छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१३ फाल्गुन २०७८, शुक्रबार १६:५८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.