काठमाडौँ– नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा कुकर बम फेला परेको छ । शंकास्पद बमलाई नेपाली सेनाद्वारा डिस्पोज गरिएको छ ।
त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।
Discussion about this post