Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एमसीसी पारित हुदा माओवादी(केन्द्र)मा चर्कियो विवाद

सुमन सहयात्री सुमन सहयात्री
१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
राजनीति, देश
एमसीसी पारित हुदा माओवादी(केन्द्र)मा चर्कियो विवाद
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।

अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन् । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।

अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।

संसद्बाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आमदेशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे’ श्रेष्ठले भनेका छन्, ‘आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।’

माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

दाहालको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए । तर, सोमबारको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन् ।

एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै दाहालले श्रेष्ठको सो कदमप्रति रोष प्रकट गरेका छन् । उनले सन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रूपमा राख्न भनेका छन् । आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि श्रेष्ठले नमानेको पनि दाहालले बताएका छन् ।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होला,’ दाहालले भने, ‘जनता हवार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रूपमै बोलिदिनुभएछ ।’

दाहालले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे । ‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावाद भनेका थिए । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि तर त्यस्तो हुँदैन । एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर, त्यस्तो हुँदैन राजनीतिमा,’ उनले भने ।

दाहालले एमसीसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका प्रमुख सचेतक एवं नेता देव गुरुङ पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लागेको बताए । उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यसैले निर्वाचन गराउने पनि उल्लेख गरेका छन् । राजधानी दैनिकबाट

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

माओवादी(केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

कन्टेनर र ट्रक ठोक्किदा ३ जना गम्भीर घाइते १ को अवस्था चिन्ताजनक

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
उपत्यकामा दुईजना मृत अवस्थामा भेटिए

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

प्रहरीको कुटाइबाट १ व्यापारीको मृत्यु भएको आफन्तको आरोप

१७ फाल्गुन २०७८, मंगलवार ०६:५९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.