Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

सुमन सहयात्री सुमन सहयात्री
१८ फाल्गुन २०७८, बुधबार १६:५७
दुर्घटना, देश, मुख्य खबर
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं – आज देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा.६४ प १३९६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा दई जनाको मृत्यु भएको छ।

मत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगा माेलुङ गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगरमा बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुड्दा किचिएर एक जना १८ महिनो बालकको मृत्यु भएको छ ।

बाराको कोल्हबी नगरपालिका–६ अधन्वामा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार राति ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–४ मा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्का छन् । ट्याक्टरले च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१८ फाल्गुन २०७८, बुधबार १६:५७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१८ फाल्गुन २०७८, बुधबार १६:५७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१८ फाल्गुन २०७८, बुधबार १६:५७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१८ फाल्गुन २०७८, बुधबार १६:५७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१८ फाल्गुन २०७८, बुधबार १६:५७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१८ फाल्गुन २०७८, बुधबार १६:५७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.