काठमाडौ – लिम्बु भाषाको ‘फालेलुङ कोक्मा’ बोलको गीत रेकर्डिङ सम्पन्न भएको छ । बिहीवार गायक तथा संगीतकार लिलाप्रकाश जबेगुको स्वरमा रेकर्डिङ सम्पन्न भएको हो ।
निर्देशक सागर केरुङ्को शब्द, मोनि ताम्लिङ्को संगीत संयोजन रहेको गीतलाई याक्थुङ फिल्मसले निर्माण गरेको हो ।
गायक जबेगु र गीतकार केरुङले यसअघि २०६७ सालमा लुङा र २०७२ सालमा लुङा मिम्जिमे एल्मब ल्याएका थिए ।
धेरै बर्ष पछि संगीत क्षेत्रमा फर्केका जबेगुले लिम्बू कथानक चलचित्र ‘फुङ्वामा’ र ‘हेत्लुक्वा’ मा समेत स्वर दिएका छन ।
फालेलुङ र त्यहाँको जनजीवनसँग सम्बन्धित ट्राजेडी लिम्बू गीतलाई https://youtube.com/channel/UCWrcb4DTwuZbKXEv6yXNFQg युट्टुब च्यानल याक्थुङ फिल्मसद्वारा सार्वजनिक गरिने फिल्म्सका एमडि सागर केरुङ्ले बताए ।
Discussion about this post