ताप्लेजुङ – ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के तर्नेक्रममा खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ फड्केबाट खसेर कार्कीको निधन भएको हो । छिमेकीको खेत जोतेर साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेको स्थानीयको भनाई छ । उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल कार्कीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो ।
कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पुर्याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खेजेनिम र फक्ताङ्लुङ गाउँपालिकाकै वडा–३ लिङ्खिम जोड्नेगरी स्थानीयले तमोर नदीमा फड्के लगाएका छन् ।
Discussion about this post