दोहा– पुर्वेली भाकाको भुइँसोरी सेवारो नि लुङ्गा बोलको गित आगामी शुक्रबार कतारको स्थानीय समयअनुसार ४ बजे सार्वजनिक हुने भएको छ ।
गायक मिलन लावती र गायिका मेलिना राईको स्वरमा रहेको गितको शब्द संगीत गायक मिलन लावतिकै रहेको छ ।
यस म्युजिक भिडियोमा दिपेन सेनेहाङ्ग र मन्जु साँवा लिम्बू मुख्य कलाकारको रूपमा देख्न सकिन्छ भने अन्य कलाकारहरू पनि रहेका छन् ।
छायांकन तथा सम्पादन समीर सोदेम्बाले गरेका छन् भने निर्देशन उजाड योङहाङ(गैरिगाँउको ठुल्या सुब्बा)ले गरेका हुन् ।
उक्त म्युजिक भिडियो King Studio काठमाडौबाट यस अघि नै सार्वजनिक भए पनि यो भिडियो दिपेन सेनेहाङ युट्टुब च्यानलबाट आउने शुक्रबार सार्वजनिक गरिने निर्देशक उजाड योङहाङले जानकारी दिएका छन् ।
Discussion about this post