Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

याङ्वरक फोकस याङ्वरक फोकस
१५ जेष्ठ २०७९, आईतवार ०७:४८
याङ्वरक विशेष
याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

जेठ १५, याङवरक । चुनावको माहोल देशभर तातिरहेको बेला याङवरकमा नतातिने कुरै भएन । पुर्वी पाँचथरको याङवरक गाउँपालिकालाई विशेष नेकपा एमालेको गढको रुपमा लिईन्छ ।

२०७९ को स्थानीयतहको निर्वाचनमा पाँचथरको अन्य स्थानीयतहहरुमा नेकपा एमाले प्रमुख पदमा पत्तासाफ हुदा याङवरकबाट सुवास योङ्याले जितेर एमाले जिरो हुनबाट जोगाए । सुवास योङ्यालाई जिताउन मुख्य भुमिका निर्बाह गर्ने याङवरक ५ मा भने नेपाली काँग्रेस र एमालेको झडप पर्यो, ससस्त्र प्रहरीले धुलाई हान्यो तर घटना गुमनाम भयो ।

कसरी भयो त एमाले काँग्रेसको झडप?

चुनाव सकिएको दिन याङवरक-५ साबिक थर्पु ८ का एमाले कार्यकर्ता जुन काम्बाङ(परिवर्तित नाम)लाई काङ्ग्रेस कार्यकर्ता बिप्लव तावा(परिवर्तित नाम)ले हातपात गरेपछि झगडाको सुरुवात भयो । आफ्नो कार्यकर्ता कुटिएको खबर पाएपछि एमालेको मुख्य गढ मानिएको याङवरक-५ साबिक थर्पू-६ दारिम्बामा एमाले कार्यकर्ता एक कठ्ठा भए । नेपाल प्रहरीले बिप्लव तावालाई पक्रेर गाडिमा चढाएर ल्याउदै गर्दा दारिम्बाको बालकेन्द्र चोकमा एमाले कार्यकर्ताले प्रहरीको गाडीबाट थुतेर प्रहरीकै अगाडि धुलाई हानेपछि मेदिबुङ बजारबाट १४/१५ जना ससत्र प्रहरीको टोली लिएर एकजना काङ्ग्रेसका कार्यकर्ता आई पुगे । ससत्र प्रहरी आए पछि दारिम्बाको अग्रज बुद्धिजीवी, केही अभिभावकले युवाहरु र प्रहरी प्रशासनलाई सम्झाएर घटनालाई मत्थर पारेपछि दारिम्बाका युवाहरु ब्याक भए ।

कसरी भेट्यो काङ्ग्रेसका कार्यकर्ताले ससस्त्र प्रहरीको राम धुलाई?

घटना लगभग साम्मे भईसकेको अवस्थामा फेरि मेदिबुङबाट काङ्ग्रेस कार्यकर्ताहरु सयौंको संख्यामा बाईक लिएर दारिम्बा पुगे । काङ्ग्रेसका प्रमुख उम्मेद्वार, जिल्ला प्रतिनिधि तथा क्षेत्रीय नेता समेतको भिआईपी टोलि लफडा गर्न दारिम्बा आई पुगे पछि स्थितिले अर्कै रुप लियो । सुरुमा ससस्त्र प्रहरीले सम्झाउने कोसिस गर्यो तर काङ्ग्रेसका केही कार्यकर्ता ससस्त्र प्रहरी माथि जाई लागे पछि ससस्त्र प्रहरीले काङ्ग्रेस कार्यकर्ता माथि लाठी प्रहार सुरु गर्यो । कतिको टाउको फुट्यो, हातमा चोट लाग्यो, कतिको बाईक कन्ला मुनि खस्यो, कतिको मोबाईल फुट्यो, एकैछिनमा दारिम्बा रणमैदानमा परिणत भयो । स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार याङवरकमा अहिलेसम्मकै ठूलो घटना घट्यो । घटनाबारे उनी सुनाउछन् – “२० मिनेटसम्म मकै भुट्दा पड्किए जस्तै पटट लाट्ठि पड्किएको थियो ।” एक ७० वर्षीय बृद्ध थप्छन् -“आजसम्म मान्छेले प्रहरीको हातबाट यसरी कुटाई खाएको कहिल्यै देखेको अनि सुनेको पनि थिइन । बिहान हेर्दा करिब दारिम्बा बालकेन्द्रबाट १ किलोमिटर परसम्म जुत्ता-चप्पल र फुटेको मोबाईल जताततै भेटिन्थे ।”

घटना ठूलो तर कसरी भयो गुमनाम?

यो घटना आजसम्मकै याङवरकको सबै भन्दा ठूलो घटनाको रुपमा लिईन्छ । तर घटना बाहिर आएन । घटना भित्र-भित्रै मत्थर हुनुको कारण याङवरकका केही बुद्धिजीवीहरुको भनाईलाई आधार मान्ने हो भने घटना भएको भोलि पल्ट मिलाउने प्रयास गर्दा पनि काङ्ग्रेसका कार्यकर्ताहरु नमानेको र प्रमुख पदमा जित्ने सम्भवाना ज्यादा भएकोले जिते पछि कानुनी रुपमा अघि बढ्ने योजना बनाएका थिए, तर चुनावको नतिजा सोचे विपरीत पालिकाको प्रमुख पदमा एमालेले जिते पछि घटना त्यसै गुमनाम भएको उनीहरुको तर्क छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१५ जेष्ठ २०७९, आईतवार ०७:४८
याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

१५ जेष्ठ २०७९, आईतवार ०७:४८
याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

१५ जेष्ठ २०७९, आईतवार ०७:४८
भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग

भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग

१५ जेष्ठ २०७९, आईतवार ०७:४८
याङवरक ५ साजबोटेमा ‘दारिम्बा फ्रेस हाउस’ सन्चालनमा आयो

याङवरक ५ साजबोटेमा ‘दारिम्बा फ्रेस हाउस’ सन्चालनमा आयो

१५ जेष्ठ २०७९, आईतवार ०७:४८
कोरोना संक्रमणको कारण याङवरक ४ का डिल्लिराम कोईरालाको मृत्यु

कोरोना संक्रमणको कारण याङवरक ४ का डिल्लिराम कोईरालाको मृत्यु

१५ जेष्ठ २०७९, आईतवार ०७:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.