मिरुनालाई आमाको सन्देश………
सन्चो बिसन्चो सोधीन है । यसो दुईचार कुरो बुँदागत लेखी पठाउँ कि भनेर मात्र हो ।
१. शहरमा र सामाजिक संजालमा उठेका केहि कुराहरू , निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अपठ्यारो पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु ।
सबैभन्दा धेरै आएको कुरो हो झापट चै नहान्नु पर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्यो त्यति साह्रो र हातै चलाउनु पर्ने अवस्था आयो ?
त्यो तिम्रो ममीलाई थाहा छ कि
महिलाहरू जब जब हिंसामा पर्छन त्यति बेला जस्तै बिद्वान भए पनि बिवेकले काम गर्दैन। आँटिलोले प्रतिकार गर्छन र आँट नपुग्नेले पिड़ा लुकाएर रूदै बस्छन त्यसैले त घटना पछी यसो गरे हुने त्यसो नगरे हुने भन्ने हाम्रो बिचारहरू काम लाग्दैनन् भन्ने कुरो । ‘ओ माई गड’ त्यतिबेला मैले त्यो भिडीओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरूना होइन , आफ्नो स्वभिमानमा चोट पुगेर रन्थनिएको घाइते बाघीनी देखेँ र मैले त सोचेको थिएँ त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वबिवेक कति चाड़ै कन्ट्रोलमा आएछ है !
२. दोस्रो कुरो हो माफी मागे पछी प्रहरीकोमा नलानु पर्ने नि भन्ने , तर मलाई थाहा छ तिमीले आज थानामा नलगेको भए फूर्पालाई छुटाउनु पर्ने थिएन र मिरूनालाई मिला पत्रको लागी पहल गर्नु पर्ने थिएन उनिहरूले अनि झन ठूलो हङ्गामा गर्ने लाईसेन्स पाउने पक्का थियो । कम से कम यति अलिकती राहत चै फूर्पालाई छुटाउनुले गर्दा नै पाएको हो तिमीले ठिक पो गरेछो छोरी । अर्को त्यति बेला सबैको दिमागमा पनि यो कुरो भरिन्थ्यो कि आफै सजाय दिएर माफी दिने उनि को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा सायद म लगायत सबै पुग्ने थियौँ ।
३. अर्को डरलाग्दो कुरो हो सबैको दिमागमा एउटै प्रश्न छ सार्वजनिक ठाँउमा त्यसरी पबित्र बस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडी लाजै मर्दो हुने गरी माफी मगायौ ?
तर सबैले भूल्यौँ कि त्यही पबित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोहि सार्वजनिक ठाउँमा मिरूनाको सबेदनशिल अंगमा समातेर निचार्यो भन्ने कुरो त्यो पनि तिन-तिन चोटी तर मैले भूलिन छोरी । धन्न म पनि तिमीले झापट हानेकोमा र यसरी आफ्नो करियर डुबाएकोमा बिस्मात मानेर थकथकाउने र कर्ण फूसफूस गर्ने आमा परिन त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ छोरी।
४.अर्को कुरो लामालाई नेपाली बोल्न आउदैन पनि भन्दैछन कोही त ,तर भाषाले हात चल्ने होइन मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।
५. अब मलाई थाहा छ तिमीले मुद्धा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन है नानी , तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्रि रहेको बेला तिमी संग उभिनु आउने होइनन् कि एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि म कसरी प्रस्तुत हुने भनेर ताना बाना बुनिरहेका हुनेछन ,धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब लेख्नेछन मिरूनाले हिंसाको बिरूद्ध उठेको कदम किन रोकिन् ? हामी थियौ नि तर मिलापत्र गरेछिन् भन्दै , तर फिकर नगर जे गर्यो ठिक गर्यौ तिम्रो ममी खुशी छु !
६. बरिष्ठ कलाकार,लेखक , समाजसेवीहरू पनि हेर र पर्खको स्थितीमा हुनुहुन्छ होला है। अहिले तिम्रो लागी बोली हाल्दा लेखी हाल्दा फेरी गाली खाईन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिदा हैरान छन । महानायक केशमा राजेस हमाल नै महानायक हुन् तर बरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्नु भ्यायौ त्यो बेला तर अहिले वहाँ हरूलाई पनि अप्ठ्यारो छ नानी झापट हान्ने त मुर्ख हो फेरी तिम्रो कुरो पत्याउनुलाई सिसिटिभी फूटेज छैन …. कोट्याएको वा निचोरेको ।
देख्नु भएको छैन कसरी बोलोस बिचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजानिक भएको देखे खै के हो थाहा भएन ।
७. अनि तिमी त भन्थौ बौद्ध धर्म भन्दा साँचो केहि छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउने र लामालाई बचाउने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी माफ गर !
८. तिमीलाई ‘गो ब्याक’ भन्दै कराउने देखी युके फर्किनु भन्न समेत भ्याएछन हगी ? तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पतीहरू पुर्ख्यौली धरोहर र निशानीहरू मासेर ,नेपाली नागरिकता खोसेर ,बृटिशको सिटिजनशीप दिलाउने तागत छ भने लु राजी भन्नु हा नरिसाउनु बिचराहरू संग। तर यूकेमा पनि खै सुरक्षित होला जस्तो लागेन एकजना बरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन किस खाने कुरो सम्म गर्न भ्याएछन ! हुन त देशको होइन यहाँ आ-आफ्नो नेचर र संस्कारको कुरो हो , त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।
९. बिस्तारै सत्य कुरो खुल्दैछ ।बिस्तारै तिमीलाई पत्याउदै जाँदैछ , म देखी रहेछु तिम्रो निम्ती धेरै हातहरू ब्यस्त छन गलतलाई गलत हो भनेर लेख्न , धेरै मनहरू आतुर छन तिम्रो सहि निर्णयलाई अंगाल्न , थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतिक बन्दैछौ छोरी ।
अस्तिनै फोनमा तिमीले कस्तो साह्रो पर्यो ममी एम ए को थेसिस सकाउन भनेर भन्दा मैले हास्दै भनेको कुरो थाहा छ छोरी ? “जब जिवनको (सोधपत्र )थेसिस लेख्न सुरू गर्नेछौ नि ,यी एम ए को थेसिस त खेलाईची लाग्छ भन्दा तिमीले रिसाउदै ,”हे ममी जे मा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनुन ” भनेको हैन ? हाहाहा
तर यो थेसिसमा चै
“किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भूस भरियो नि आज हाम्रो दिमागमा !” भन्ने टपिकमा केहि शब्दहरू भर्नु है !
किनकी जिवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुदैन। असिमीत अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गीन्छ छोरी ।
ल त जोगीएर बस्नु ,जे कामको लागी त्यहाँ छौ पुरा गर्नु । आजलाई यति बाँकी भेटमा ।
उहि तिम्रो ममी
शशी थापा सुब्बा !
युके।
Discussion about this post