Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

युवती परिचालन गरेर काठमाडौंमा संगठित ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

सुमन सहयात्री सुमन सहयात्री
४ असार २०७९, शनिबार ०६:५१
अपराध, देश
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौ – फेसबुकमा युवती मार्फत साथी बनाएर तत्काल फोन नम्बर लिने र भेट्न बोलाउने । अनि, भेटेपछि जिस्क्याएको र दुर्ववहार गरेको आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
युवती प्रयोग गरेर संगठित रुपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । पक्राउ पर्नेमा काभ्रे घर भएकी १८ वर्षीया मनिषा परियार, भक्तपुर घर भएकी १९ वर्षीया निकिता केसी, खोटाङ घर भएका ३२ वर्षीय डिक बहादुर शर्मा, दोलखा घर भएका २५ वर्षीय निमा लामा, सुनसरी घर भएका ३० वर्षीय सन्जिव दर्जी र दोलखा घर भएका ३० वर्षीय पासाङ लामा छन् ।

डान्स बारका युवती परिचालन निमा लामाले सोह्रखुट्टेमा ‘ब्लु बार’ नामको डान्स बार संचालन गरेका थिए । पछिल्लो समय रेष्टुरेण्ट चल्न छाड्यो । तर, उनलाई पैसा कमाउने महत्वाकांक्षाले छाडेन । अनि, उनले आफ्नै डान्समा काम गरेकी मनिषा र निकितालाई परिचालन गरेर ‘हनी ट्रयाप’ धन्दा चलाउन शुरु गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अर्धवैशे उमेरका पुरुषलाई मनिषाले समाजिक संजाल फेसबुक मार्फत साथी बनाउँथिन् । अनि, भेट्ने प्रस्ताव उनैले राखेपछि पुरुषहरु सहमत हुन्थे । गोदावरी, ठमेल र कोटेश्वर क्षेत्रमा पुरुषसँग भेट्थिन् । भेट्नासाथ उनले टाउको दुखेको बहाना बनाउँथिन् । एकान्तमा लैजान्थिन् । अस्वभाविक रुपमा नजिकिन्थिन् । अनि, पुरुषले सामान्य यौनिक व्यवहार प्रदर्शन गरेपछि उनी रिसाएर हिँड्थिन् ।

मनिषा परियार र हनी ट्रयापमा पारेर बोलाएको पुरुषलाई निमासहितका समूहले निगरानी गरिरहन्थे । युवती रिसाएर हिँडेपछि पुरुष पनि हिँड्छन् । अनि, उनलाई अरु पाँच जनाले पछ्याउँछन् । ‘पछ्याएर घर अथवा कार्यालय पत्ता लगाउँथे’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी कुँवर भन्छन्–‘त्यसपछि फोन गरेर बार्गेनिङ गर्ने र पैसा लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

पत्रकार र वकिल बनेर बार्गेनिङ
पुरुषलाई परिबन्दमा पारेपछि निकिता केसीले फोन गर्थिन्–‘पत्रकार हुँ, तपाईको घट्ना म पत्रिकामा निकाल्छु ।’ सञ्जीव दर्जी मनिषाको मामा बनेर ‘मेरी भान्जीलाई किन दुव्र्यहार गरेको ?’ भनेर फोन गर्थे । पिछा गरेर घर र अफिस पत्ता लगाएर उनीहरुको समूह कार्यालयमै पुग्थे । डिक बहादुर शर्मा आफूलाई वकिल बताउँथे । पीडितहरुका अनुसार डिकबहादुर भन्थे–‘घटना तत्काल मिलाउनुस् अन्यथा तपाईको जिवन जेलमा बित्छ !’ डिक बहादुर शर्मा पूर्वलडाकु पनि हुन् ।

सो समूहले ‘बलात्कार’ मुद्दा लगाउँछौ भनेर मानसिक तनाब दिने गरेका थिए । हालसम्म उनीहरुले ४ जनालाई ब्ल्याकमेल गरेको अनुसन्धानबाट थाहा भएको एसएसपी कुँवरले जानकारी दिए । हनी ट्रयापका मुख्य योजनाकार ललितपुरको नख्खिपोटमा बस्छन् । निमाले चढ्ने बा.५ च ६८४६ नम्बरको कार प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई प्रहरीले ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । @रातोपाटी

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

४ असार २०७९, शनिबार ०६:५१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

४ असार २०७९, शनिबार ०६:५१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

४ असार २०७९, शनिबार ०६:५१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

४ असार २०७९, शनिबार ०६:५१
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

४ असार २०७९, शनिबार ०६:५१
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

४ असार २०७९, शनिबार ०६:५१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.