दमाम – साउदी अरेबियामा बैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धीत कम्पनीले नविकरण नगरेका, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि नेपाली दूतावासको सहयोगमा साउदी सरकारले १ हजार १ सय ७९ जनाको बहिर्गमन भिषा जारी गरेको छ ।
नेपाली दुतावास रियादको सहयोगमा १ हजार १ सय ४३ जना र बाणिज्य दूतावास जेद्धाको सहयोगमा ३६ जनागरी साउदी सरकारले १ हजार १ सय ७९ नेपालीको बहिर्गमन भिषा जारी गरेको छ। जसबाट उनीहरू अब सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन् ।
नेपाली दुतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नविकरण लागि अस्थायीरुपमा राहदानी आवेदन संकलनका लागि साउदीको ताबुक, आभा, खमिस, दमाम, जुवेल शहरमा कार्यालय व्यवस्था गरेको छ ।
Discussion about this post