Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

सुमन सहयात्री सुमन सहयात्री
२३ असार २०७९, बिहीबार ०३:२१
अपराध, देश, मुख्य खबर
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं – मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लागि बिक्री गरेको र घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा पीडितलाई मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा कुवेतबाट उद्धार गरिएको थियो ।

रेवतीले भारतमा डान्सको काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्‍याई डर त्रास देखाई डान्स गर्न लगाएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माइती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो ।

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२३ असार २०७९, बिहीबार ०३:२१
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२३ असार २०७९, बिहीबार ०३:२१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२३ असार २०७९, बिहीबार ०३:२१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२३ असार २०७९, बिहीबार ०३:२१
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२३ असार २०७९, बिहीबार ०३:२१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२३ असार २०७९, बिहीबार ०३:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.