झापा – चुलाचुली रंगमञ्च द्वारा प्रस्तुत नाटक “सिमिक्वा” असार २७ देखि असार ३० गते सम्म झापाको दमक स्थित दमक सभागृहको पुर्व पट्टि “कदम थिएटर” को हलमा मञ्चन हुने भएको छ ।
लिम्बू समुदायको कथामा आधारित कथालाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने चेतन आङ्थुपो र विक्रम फागो वनेमले परिकल्पना तथा निर्देशन गरेका छन् । करिब ४५ मिनेटको अनुमानित समय राखिएको यश नाटक प्रत्येक दिन बेलुका ४:३० बजे देखि गरि जम्मा ४ दिन ४ वटा शो रहने आयोजकले जानकारी गराएको छ ।
यहि नाटक केही दिन अघि मात्र नेपाल बहुभाषिक नाट्य उत्सव – २०७९ मा समावेश भइ काठमाडौं स्थित कुञ्ज नाटकघरमा मञ्चन भएको थियो । जहाँ विभिन्न भाषाहरुलाई प्रतिनिधित्व गर्ने नेपाल भरिका जम्मा ७ वटा नाटकहरु मञ्चन भएको थियो ।
“विश्व व्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी” भन्ने मुल नारा रहेको चुलाचुली रंगमञ्चले यसै बर्ष काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थान र डबली नाटकको संयुक्त आयोजनामा रहेको “बुद्ध थिएटर फेस्टिवल” मा “बुद्ध र भिखारी” नामक नाटक प्रस्तुत गरेको थियो ।
Discussion about this post