बिराटनगर – लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बूवान् किराँत’ राख्न माग गरेको छ । प्रदेश १ को नामकरणको बहस पेचिलो बनिरहेको बेला विभिन्न दलसम्बद्ध संस्थाहरूको सहभागितामा बनेको सङ्घर्ष समितिले ‘लिम्बूवान् किराँत’ नाम माग गरेको हो ।
आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले ज्ञापनपत्र बुझाउनेदेखि शक्ति प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।
असार २७ मा मुख्यमन्त्री, संसदीय दलको नेता, पार्टी प्रमुखहरू र प्रदेश प्रमुखसम्मलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । साउन ५ मा विराटनगरमा बृहत् आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।
Discussion about this post