दमाम – किरात राई यायोक्खा साखा साउदी अरबको क्षेत्रीय कार्यसमिति गठन भएको छ । विज्ञान राईको अध्यक्षतामा बनेको रियाद क्षेत्रीय कार्यसमितिमा क्रमश उपाध्यक्ष रामकुमार राई, सचीव जहान सिङ राई, सहसचिव मनिश राई, कोषाध्यक्ष पवित्र राई, सदस्यहरू राम माया राई, किशोर चाम्लिङ राई, किरण राई, दिक्पाल राई, सुबाश राई र दिपेश राई चयन भएका छन्, भने प्रमुख सल्लाहकार सुजनशेर राई, सल्लाहकार बसन्त राई र राज तोङ्मालुङ्गमा रहेका छन् ।
गत डिसेम्बर १६ शुक्रबार २०२२ का दिन साउदीको रियाद स्थित कार्यक्रम सम्पन्न गरेको थियो । “कला लिपि संस्कृति हाम्रो पहिचान, किराँत मुन्धुम इतिहास खोज्ने हाम्रो अभियान” भन्ने मुल नारालाई आत्मासाथ गर्दै किराँत राई यायोक्खा क्षेत्रीय समिती रियाद तदर्थ समिति र याक्थुङ चुम्लुङ समाज साउदी अरबको संयुक्त आयोजनामा किराँतीहरुको महान चाड उँधौली साकेला/चासोक तङनाम येलेदोङ/येले तङ्वे ५०८२ को अवसर पारेर शुभकामना आदानप्रदान समेत गरिएको थियो । उक्त कार्यक्रममा साकेला नाच /च्याब्रुङ-केलाङ्ग साथै बृहत सांस्कृतिक कार्यक्रमहरू पनि संचालन गरिएको थियो ।
किरात राई यायोक्खा साखा साउदी अरबको पहिलो क्षेत्रीय कार्यसमिति सन् २०१९ जेद्दामा गठन गरिएको थियो भने यो दोस्रो क्षेत्रीय कार्यसमिति रियाद गठन गरिएको किरात राई यायोक्खा साखा साउदी अरबका केन्द्रिय अध्यक्ष चित्रकुमार चाम्लिङ राईले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत महामहिम नवराज सुवेदी, त्यस्तै विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका महासचिब रोशन श्रेष्ठ लगायत साउदी अरबमा स्थापित विभिन्न बैचारिक, सामाजिक, जातिय, संघ-संगठनका प्रतिनिधिहरूको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नवगठित क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूलाई केन्द्रिय अध्यक्ष चित्रकुमार चाम्लिङ राईले सपथ ग्रहण गराएका थिए भने कार्यक्रम राज चेम्जोङले संचालन गरेका थिए ।
Discussion about this post