साउन ४/पाँचथर याङवरक ५ दारिम्बा स्याखोला नजिक असिने खोलामा झर्ने झरना निकै लोभ लाग्दो भए पनि नजिकको तिर्थ हेला भने झै कति पय स्थानियलाईनै यो झरना थाहा छैन।

सोमबार बिहान असिने झरना हेर्न पुगेका दिपेश माबो आफ्नै गाउँ घरको सदाबहार झरना हेर्न नगएर हिउँदमा सुकि जाने बर्खमा मात्र झर्ने झरना हेर्न गाउँ घर बाट टाढा टाढा पुग्नेहरु प्रती गुनासो गर्छन।

याङवरक थर्पु बजार बाट करिब ४ किलो मिटर पुर्व स्याखोला र चिन्डे खोला बिचमा पर्ने असिने पुल बाट ३ मिनेट उकाले चढे पछी असिने झरनामा पुगिन्छ।

असिने झरना हिउँदमा केही पानी कम भए पनि नसुक्ने उतिकै झरना झरी रहने स्थानिय बिपिन माबो बताउछ्न। बिपिन माबोको अनुसार वरि परि ढलेको रुख पन्छाएर सरसफाई गरे पर्यटकिय स्थल बनाउन सकिने सम्भावना रहेको बताउछ्न।

असिने झरना करिब ४०/५० फिट माथी बाट झरेको छ।झरनाको प्रबाहले वरि परि बादल जस्तै उडेको देखिन्छ ।असिने झरना सरसफाई र झरना जाने बाटो अलि सजिलो छिटै बनाउने सुमन योङ्या बताउछ्न।

भिडियो /असिने झरना  – बालन्द माबो /याङवरक फोकस

https://youtube.com/shorts/5RPbPLi0LdU?feature=share

 

प्रतिक्रिया लेख्नुहोस्