असार १४ कालो दिन सम्झिदा

बिहान ०५:३० बजे उठे बाहिर असारको दिन भए पनि म माथिको आकस धुम्मिएकोले अनि मैले टेकेकाे धर्तिलाइ अँध्यारो झिस्मिसे साझ जतिको महसुस गरे झेउकिरीको सङ्गित अनि अलिक पर उल्लु (लाटाकसेराे)को मन्त्रमुग्ध कुर्लाइले मेरो मन निकै खिन्नताको महसुस बन्यो । रै पनि बिहानको नित्याकर्म सिध्याए र गाउमा सामान्य झगडाको कारणले गर्दा म बिहान ८ बजे मुद्दामा जानू पर्ने भएकोले म मेरो बिहानको काम सकेर मुद्दा तर्फ लागे ।

लेखक- कैलास लिङ्देन

जिउ आलस्य थियो सधै जस्तो बहस गर्ने पक्षमा पनि थिइन । जहा पुग्दा पक्ष विपक्ष को बहस चल्दै रहेछ । अग्रज दाजुहरुले बहस गराउनु हुँदै रहेछ म नतमस्तक बनी सुनी रहे अन्त्यमा मुद्दाले कुनै निकास पाउन सकेन । दाजुभाइको झगडा नमिले पछि म जुरुक्क उठेर आकस तिर फर्केर सुर्यलाई हेर्न पुगे । जहाँ मधुरो सुर्यमा सप्तरङी इन्द्रनिले वरिपरि घेरिएको देखे बुढापाकाको कुरालाई सम्झे यस्तो सुर्यमा देखियो भने एउटा देशको अभिभावक सल्लाह सुझाप दिने ब्याक्तित्व गुमाइन्छ भनेर म अझ चुपचाप बने । अनि मुद्दाले पनि निकास नपाए पछि म केही नबोली सुटुक्कै त्यहाबाट निस्के घर आए ।

स्वर्गीय अनुप लिङ्देन

आज मलाइ बोल्न पनि मन छैन । काम गर्न मन पनि छैन । अघिल्लो दिन गाउ पालिका ले खरित गरेको बिरुवा साज, टिक ,रुद्राक्ष र पाउलोमिया बिरुवा लियेर आएको थिए । जुन बिरुवा रोप्न जानू पर्छ भनेर गृहिणीले भनिन अनि खान पस्केर दिइन । खाना रुचेन खाना छोडेर बिरुवा बोकेर सानो छोरी सङ रोप्नु प्रने अलैंचीबारी टाढा भएकोले हामी लाग्यौं । बाटोमा छोरिले हरेक प्रश्न गर्दै हिडे पनि म अ… अ.. भन्दै गए । आधा बाटोमा पुग्दा करिब १०:४५ मा मलेसिया बाट फोनको घण्टी बज्यो । फोन उठाए केछ केटा खबर ? बात नभएको पनि धेरै भयो खबर नराम्रो छ सुनिस सुनिनस ? मैले भने कस्तो खबर ? फेरि सुनिस होला ? सुनेको छैन भन कस्तो नराम्रो खबर ? अनुप दाइ र सागर भाइ झापा बाट काठमाडौ आउने क्रममा धनुषामा एक्सिडेन्ट् भएर अनुप दाइको स्पोट डेट भयो अनि सागर भाइ गम्भीर घाइते भयोरे ……. म उभेको धर्ती भासियो म माथिको आकाशले थिच्यो शरीरमा पसिना बग्यो आँखा बाट अनेकन आँसु बग्यो पुरै शरीर सिथिल बन्यो भुइमा थचक्कै बसे । यो सत्य होइन यो झुट भइ दिए हुन्थियो भने यस्तो खबर मलाई नसुना भने फोन चट्टै काटियाे मलाई बिस्वास लागेन अनुप दाइको नम्बरमा डायल गरे उठेन ।

स्वर्गीय सागर लिङ्देन

अनि सागर भाइको नम्बरमा डायल गरे मिथिला इलाका प्रहरी कार्यालयको पुलिस बोल्यो तपाई अनुप (अमर) को मान्छे हो ? हो भने डिटेल दिनुस अनि डेट बाेडि लिन आउनुहोस र सगर गम्भीर घाइते छ भन्ने एन्सर पाए । र फोन काटे अनि धेरै बेर घोरिए रुए कराए यस्तो निर्णय कसरी लिनुभयो ? जहिले उन्नति प्रगति बौद्धिक बिकासको पाटाेमा ग्यानगुनका कुरा सिकाउनुहुने महान बिचार लिनुहुने बिशाल फराकिलो मन भएको ब्याक्तित्वले हामी सारा लिङ्देनलाइ चट्टै छोडेर जान मिल्दैन तपाईं बाट अझै हामीले सिक्न धेरै बाकी छ तपाईं बिना हामी टुहुरा हुनेछौ भन्दै आकाश तिर फर्के भगवानलाई … क्रमशः

प्रतिक्रिया लेख्नुहोस्