साउन ७ बिहीवार ।

सुबास केरुङ ‘नुनाम
याक्थुङ आइडल सिक्किम हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमद्वारा गर्न लागिएको उक्त प्रतियोगिता विश्व भरिका लिम्बू भाषिकाहरुले सहभागी हुन पाउने छन । मंगलबार सिक्किम डिलाइट होटलको सभाहलमा पत्रकार सम्मेलन गरि याक्थुङ आइडल सिक्किमको पोस्टर सार्बजनिक गरिएको थियो ।

सिक्किममा विभिन्न रियालिटी सोहरु भएता पनि याक्थुङ आइडल भने पहिलो पटक गर्न लागिएको हो । नियारा प्रोडक्सनले भने बिगत बर्षहरुमा पहिलो पटक अन्तर्राष्ट्रिय चासोक तङ्नाम मेला साथै विभिन्न लिम्बु फेस्टिभलहरुको आयोजना गर्दै आइरहेको छ ।

याक्थुङ आइडलमा भने विभिन्न लिम्बू भाषाका गीतहरु गाउन सक्ने लिम्बू तथा गैर-लिम्बुहरुले भाग लिन सक्ने कुरा आयोजक समितिका अध्यक्ष (नियारा प्रोडक्सनका MD) नियारा ताम्लिङले बताउनु भयो । ताम्लिङ्का अनुसार प्रतियोगीताको अडिसन भने डिजिटल प्रबिधिबाट नभएर स्वयम् उपस्थिति बाट अडिसन गरिने तर विभिन्न स्थानमा अडिसन गरिने बारे स्पष्ट पार्नु भयो । विश्व महामारी कोरोना भाइरसले बिश्व प्रभाबित भइरहेको अवस्थामा यस्तो कार्यक्रम गर्नु चुनौतिको बिषय होइन ? भन्ने प्रश्नमा हालको अवस्था लाई मध्यनजर गर्दै सामान्य अवस्थामा फर्किने बितिकै फारम बितरण खोल्ने र अडिसनको तयारी गर्ने बताउनु भयो । अहिलेको नयाँ पिडिमा आफ्नो भाषा संस्कार संस्कृति तथा साहित्य कलाका बिषयहरुमा चासो घट्दै गइरहेको ले यस्तो रियालिटी सो हरुले उनिहरुमा नयाँ थप उर्जा प्रदान गर्ने र आफ्नो जिम्मेवारी बारे थोरै भए पनि सिक्ने छन आयोजक समितिका प्रमुख सल्लाहकार SP माङ्युङले बताउनु भयो।प्रतियोगितामा हाक्पारे,पालाम,ख्याली,ताम्के,तुवा र माङसाम्लो लगायत सबै बिधाका गीतहरु गाउन सकिने छ ।

प्रतिक्रिया लेख्नुहोस्