साउन १० आइतबार ।

लिम्बु समुदायमा लोप हुन लागेको जातिय बाजा “के”च्याब्रुङको संरक्षण गर्नको लागि अहिले पान्थर याङ्वारक ५का युवायुवतीहरु संस्थागत रुपमा लागेकाछन ।
याङवारक ५ टुनिबोटे स्थित जनजागरुक युवा समुह र स्थानीय अभिभावकको सक्रियतामा च्याब्रुङ संरक्षण समिति निर्माण गरि च्याब्रुङ निर्माण कार्य को थालनी गरिएको समिति का अध्यक्ष तेज प्रकाश माबोहाङ ले जानकारी गराउनु भयो ।

च्याब्रुङ निर्माण पछि स्थानिय स्तरमा युवा युवतीलाई संस्थाले च्याब्रुङ नृत्य को पनि प्रशिक्षण गराउने बताउनुभयो ।संस्था को संरक्षक तथा सल्लाहकार मा भिमकुमार माबोहाङ,भगवती प्रसादमाबोहाङ,भुवानी प्रसाद माबोहाङ ,र अध्यक्ष तेज प्रकाश माबोहाङ,कोषाध्यक्ष कुमार माबोहाङ,सचिव बिवेक माबोहाङ,र सदश्यहरुमा प्रज्वल ,शर्ण,मिलन,पदम,प्रकाश प्रवत माबोहाङ गरि १२सदस्य संरक्षण समिति निर्माण गरिएको छ।

संस्थाले दीर्घकालीन रुपमा लिम्बु ,याक्थुङ समुदायको मौलिक रितिरिवाज मा आधारित संकार संस्कृति ,एवम् रिति रिवाज हरुको संरक्षण सम्बर्द्धन मा मुख्य भुमिका खेल्ने र मौलिक परम्परागत चलनहरुको परिमार्जित रुपमा बिकास गर्दै जाने लक्ष रहेको संस्था का कोषाध्यक्ष कुमार माबोहाङ ले जानकारी दिनु भयो ।
माबोहाङ,मोहन / याङ्वारक फोकस

प्रतिक्रिया लेख्नुहोस्