साउन १० आइतबार ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्