साउदी अरब । गैर आवासिय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिबेशनमा चरम् धाधली भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी निर्देशिका एवं समय तालिका समेतको उल्लंघन गर्दै एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भीर अनियमितता गरेको २०२१-२०२३ कार्यकालका लागी अध्यक्षमा उमेदवारी प्रस्तुत गरेका रोशन श्रेष्ठले जानकारी दिएका छन।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको निर्वाचन समितिका संयोजक जोन अर्याल, सदस्य नारायण पासवान र रमेश भण्डारी रहेको समितिबाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गराउन जोडदार माग गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि नेपाली काङ्रेसको भातृसंगठन जनसम्पर्क समिति र संघिय लोकतान्त्रिक राष्टिय मंचको भातृसंगठन संघिय लिम्बुवान सामाजिक मंच साउदीले समेत प्रेश बिज्ञप्ती सहित ध्यानाकर्षण गराएको थियो भने अध्यक्षका उमेदार रहेका श्रेष्ठले निर्वाचन समिति, संघको राष्ट्रिय समन्वय परिषद साउदी अरब र गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीलाई जानकारी गराउदा समेत सुनवइ नभएको साउदी अरब बाट लिम्बुवान सामाजिक मंच सल्लाहाकार श्रीलिम्बुले बताएका छन।

यस् बिषयमा कुरा गर्दा अध्यक्षको उमेदवार रहेका रोशन श्रेष्ठले आफुले पटक पटक निर्वाचन समिती र राष्ट्रिय समन्वय समितीलाई ध्यानाकर्षण गराउदा समेत सुन्वाइ नभएको प्रती दु:ख ब्याक्त गरेका छन। उनले आफु विगत ८ वर्षदेखि निरन्तर सकृय भई तत्त समयको कार्यसमितिमा उपाध्यक्ष र आठौं अधिवेशनको अध्यक्षको प्रत्यासी रहेको र एनआरएनए एनसीसी साउदी अरेबियाको आठौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी भएको हैसियतले एवम संस्थाको गरिमालाई मध्यानजर गर्दै संस्थाको आठौं अधिवेशनका लागि संस्था र निर्वाचन समितिले गरिरहेका गतिविधि बारे जानकारी गराएको र उम्मेद्वार भएको हैसियतले आफुले निर्वाचन समिति, वर्तमान कार्यसमितिका अध्यक्ष, आईसिसिका वहालवाला अग्रज पदाधिकारीहरुको समेत ध्यानाकर्षण गराउनु कर्तव्य ठानेको बताएका छन। उनले बुदा गतरुपमा संस्थाको निर्वाचनमा असन्तुष्टी पोखेका छन।
१. विधान विपरित कार्यसमितिले अधिवेशन प्रतिनिधिहरु छनौट गरेको ।
२. निर्वाचनको तालिका विपरित निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको । निर्बाचन कार्य तालिका तथा आचार संहिता अनुरुप बुंदा नम्बर ४ अनुसार मतदाताहरुको अन्तिम सुची प्रकाशन गर्ने मिति ९ जुलाई तोकिएको तर निर्बाचन समितिले २६ जुलाई मा सुची सार्बजनिक गरेको।
३. विधानको धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पंजीकृत सदस्य बराबर १ जनाको अनुपात मा महाधिबेसन प्रतिनिधि चयन गरिने छन् जसको चयन सम्बन्धित क्षेत्रिय समितिले आफ्नो मातहत मा रहेको स्थानिय समितिहरु संगको छलफल र सहमति मा सदस्य हरुको बरियता क्रम तथा अनुभबलाइ प्राथमिकता को आधार मान्दै गर्नेछ र उक्त सुची लाइ राट्रिय समन्वय समितिले पर्माणीकरण र रुजु गरि अन्तिम रुप दिनेछ र निर्बाचन समितिलाई उपलब्ध गराउने छ भनिएको भए पनि सो वमोजिम नभएको।
४. निर्वाचन समितिले जारी गरेको सुचनाको खण्ड क वमोजिम एनसिसि र आईसिसिका पुर्व पदाधिकारीहरुको नामावली प्रकाशन नगरेको। को को प्रतिनिधि हुन जानकारी उम्मेद्वार र आम एनआरएन कर्मीलाई स्पष्ट नभएको।
५. संस्थामा महत्वपुर्ण योगदान गरेका आग्रजहरु प्रतिनिधिको रुपमा चयन नगरी २ महिना अघि वनेका सदस्यहरुलाई मनोमानी ढंगले प्रतिनिधिमा राखेर अग्रजहरुको भावनामा खेलवाड गरेको।
६. संस्थाको कार्यसमिति भित्र छलफल र निर्णय नै नगरी प्रतिनिहिरु चयन गरिएको ।
७. गत ३० जुलाईमा भएको निर्वाचनमा मतदान कसरी गरियो, कुन विधि अपनाइयो भन्ने कुराको जानकारी स्वयम अध्यक्षको प्रत्यासी लगायत प्रतिनिधिहरुलाई समेत नभएको रोशन श्रेष्ठको दावी रहेको छ। उनले संस्थाका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, संस्थाका प्रबक्ता लगायतलाई यस बिषयमा पत्र पठाउदा समेत कुनै किसिमको सुनवाई नभएको भन्दै माथीदेखिकै सेटिङ्गमा निर्वाचनमा चरम् धाधली भएको आरोप लगाएका छन।

गैर आवासिय नेपालीहरुको छातासंगठनको रुपमा रहेर विश्वभरका नेपालीहरुको सारथी बन्दै गरेको एनआरएनए संस्थाले यसरी दम्भ र घमण्डले निर्वाचन गर्नुले संस्था प्रती आम नेपालीमा बितृष्ना पैदाहुने देखिएको छ।
यती ठुलो संस्थाले निर्वाचन गराउदा स्वयम उमेदवारको गुनासोलाई समेत संबोधन नगरि निर्वाचन सम्पन्न गर्नुले संस्थाको गरिमा माथि प्रश्न खडा गरिदिएको छ। संस्थाले सबै पक्षको बिरोधको बावजुत पनि गत जुलाई ३० गते निर्वाचन सम्पन्न भएको भन्दै एक पक्षरुपमा डम्बर यादवलाई बिजयी घोषणा गरेको थियो यद्धपी चुनाव के र कसरी भयो भन्ने आफुलाई जानकारी समेत नरहेको रोशन श्रेष्ठले जनाएका छन भने निर्वाचन समितीले उमेदवारको प्रतिनिधी समेत मतगणनामा नबोलाएको बताए तथापी मत गणना निर्वाचन समितीका संयोजक राजेन्द्र अर्याल “जोन” को घरमा गरिएको बताइएको छ। यसले पनि निर्वाचनमा धाधली भएको पुष्टीहुने श्रेष्ठको दावी छ।

प्रतिक्रिया लेख्नुहोस्