साउन १८/पाँचथर याङवरक ५ मा पर्ने दुई ओटा खोलाको नाम ठेकदारले मनोमानी परिवर्तन गरि दिएकोछ।

याङवरक ५ दारिम्बामा पर्ने चिन्डे खोला र असिने खोलाको नाम पुल बनाउने ठेकदारले परिवर्तन गरेको हो। याङवरक मेडिबुङ बजार हुँदै च्याङ्थापु जाने लोक मार्गले भेट्ने चिन्डे खोला र असिने खोलाको नाम पुल बनाउने ठेकदारले नाम परिवर्तन गरि छाँगे खोला १ र छाँगे खोला २ राखेकोछ।

नाम परिवर्तन भएको सम्बन्धमा स्थानियहरु भने सन्तुष्ट छैनन। के कारण नाम परिवर्तन गरियो यो बिषयमा सम्बन्धित निकायमा बुझ्दा कुनै उचित जवाफ आएन।

प्रतिक्रिया लेख्नुहोस्