साउदी अरब । साउदी अरबमा प्र्याङ्क गरेर सार्वजनिक स्थानमा सर्वसाधारणलाई तर्साउने ४ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

साउदी प्रेस एजेन्सीकाअनुसार ती व्यक्तिहरुले सार्वजनिक स्थानमा मुकुन्डो लगाई सर्वसाधारणलाई तर्साउने गरेको बताइएको छ । उक्त तर्साइएको भिडियो अनलाइनमार्फत सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

रियाद प्रहरीले ती चारै जनाको पहिचान गरेको बताएको छ । ती सबै २० देखि ३९ वर्ष उमेर समूहभित्रका रहेको र ती सबै साउदी नागरिक भएको खुल्न आएको छ । उनीहरुलाई गिरफ्तार गरेपछि सार्वजनिक मुद्दा चलाइएको साउदी प्रेस एजेन्सिले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्