सप्तरी जिल्लाको राजबिराज नगरपालिका १ चनौरा टोलमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । सप्तरी राजगढ ३ नर्घोका घुरन रामको ७ बर्षका छोरा उमेश रामको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

चनौंरास्थित मामाघर पाहुना आएका बालकको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृतक बालकको शवलाई आवश्यक प्रक्रिया पूरा गरि परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसान्धन भई रहेको सप्तरीका प्रहरी प्रबक्ता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्