साउन २६/फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् ।

पीएसजीसँग २ वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका हुन् ।

मेस्सी समर्थहरुको पेरिसमा यति खेर ठूलो भिड लागेकोछ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्द हुन लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्