पाँचथर,२० भदौ । पाँचथरमा नेकपा (एकीकृत समाजवादी)मा कमल जबेगुको अध्यक्षतामा १७१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । आज फिदिममा बसेको बैठकले उपाध्यक्षमा प्रेम प्रसाद रिजाल सचीवमा तिबेन्द्र राज चापागाईं उप-सचीव महेन्द्र थाम्सुहाङ्ग लगायत सदस्यहरु चयन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय कमिटी सदस्य प्रदेश न. १ माननीय क. गणेश कुमार काम्बाङ्गको प्रमुख आतिथ्यतामा गठन भएको अनेरास्ववियुका नेता राजेन्द्र आङदेम्वेले बताए ।

करीव २२ बर्ष सम्म नेकपा एमालेको जिल्ला अध्यक्ष भएका काम्बाङ्ग पाँचथर लोकप्रिय नेताको रुपमा मानिन्छन । उनि नेकपा (एकीकृत समाजवादी)मा खुले संगै पाँचथरमा नेकपा एमालेको अवस्था कमजोर देखिएको छ । हाल नेकपा (एमाले)को ७ औं जिल्ला अधिबेशन बाट निर्वाचित ६१ जिल्ला सदस्य मध्ये २४ जना मात्र एमालेमा रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्