काठमाडौ – महिलाहरुको जागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो बिहिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्मस युट्टुब च्यानलबाट सार्वजनिक भएको हो । लिम्बुवान सम्बन्धि विभिन्न गीतहरु रेकर्डिङ भएपनि महिलाहरुको भने पहिलो जागरण गीत सार्वजनिक भएको हो । लेखक तथा निर्देशक सागर केरुङ्को शब्द/संगीतमा बनेको गीतमा गायिका अम्बिका राईले स्वर दिएकी छिन् ।

उक्त गीतमा मोनि ताम्लिङ्ले एरेन्ज गरेका छन् भने गीतलाई प्रताप लोवा, पुर्ण लावती, विशाल राई र मिङ्सो आङ्देम्बेले निर्माण गरेका हुन् ।

`उठ दिदिबहिनी´ अडियो गीत 👇️

प्रतिक्रिया लेख्नुहोस्