ताप्लेजुङ – विषालु सर्पको डसाइबाट फुङ्लिङ नगरपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्।

उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।

सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई अवस्था जटिल हुँदै गएपछि आज बिहान उनका आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्