पाँचथर – पाँचथरको यासाेक-फिदिम सडक खण्डकाे सरखण्डेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।

यासोक सिवाखाेला बाट फिदिम आउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे हो । उक्त दुर्घटना परी मृत्यु हुनेहरूको सनाखत भने भएको छैन ।

गम्भिर घाईते भएका ४ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ । १० जनालाई रेफर गर्ने तयारि गरिएकाे प्रहरीले बताएकाे छ ।

गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे लागि एम्बुलेन्स तथा जिपकाे अभाव भएकाे छ । केहि घाईतेहरूकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।

उक्त बसले सिबाखाेलाबाट फिदिम यात्रु लिएर अाउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताएका छन् उक्त दुर्घटनाकाे बिस्तृत विवरण आउन बाँकि छ ।

प्रतिक्रिया लेख्नुहोस्