कतार – संघीय लिम्बुवान सामाजिक मञ्च, केन्द्रिय कार्यसमिति कतारको चौथो महाधिवेशन आगामी ३ डिसेम्बर २०२१ मा हुने भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास कार्यसमिति अन्तर्गत संघीय लिम्बुवान सामाजिक मञ्च कतारको चौथो महाधिवेशन केन्द्रिय अध्यक्ष कुमार लिङ्देन `मिराक´ को प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ ।

मञ्चका बरिष्ठ उपाध्यक्ष डम्बर लुङखिम `मिशेक´का अनुसार विगत अधिवेशन भन्दा यो अधिवेशन अलिक खास हुने बताएका छन् । अध्यक्षका आकांक्षीहरु पनि धेरै भएको हुँदा यो मिलाएर लानमा अलि सकस हुन सक्ने तर सहमतिमा नेतृत्व चयन हुने अध्यक्ष रेखा राईले बताएकी छिन ।

२०६२÷६३ को जनआन्दोलन संगै स्थापीत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले देशमा एकात्मक राज्य व्याबस्थाको अन्त्य, ऐतिहासिक पृष्ठभुमीको आधारमा संघीयता, पहिचान, पुर्ण समानुपातिक र समाबेशी व्यावस्था लागु गर्नु पर्ने माग राख्दै झन्डै दुई दशक देखि आन्दोलन गर्दै आईरहेको राजनितिक संगठन हो ।

मञ्चको विधान बमोजिम प्रवास समिति सलिसाम कतारको सन २०११ मा स्थापीत भई कतारमा रहेका नेपाली श्रमिकहरुको पक्षमा रहेर सामाजिक जनचेतना अभिवृद्धी एवं मानवीय उद्धारकार्यमा विशेष सहयोगी बन्दै आईरहेको यस मञ्च कतारका नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित भएको बरिष्ठ उपाध्यक्ष लुङखिम बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्