फिदिम – नेपाली काङ्ग्रेस पाँचथरको सभापतिमा फराकिलो मतअन्तरकले रुपनारायण जवेगु निर्वाचित भएका छन् । मतगणना अनुसार जवेगुले ६ सय ३४ मत प्राप्त गरि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । जबेगुका प्रतिद्धन्दी सुरेन्द्रकुमार दाहालले ४ सय १६ मत मात्र प्राप्त गरेका थिए । जवेगुले दाहाललाई २ सय १८ मत अन्तरले पराजित गरेका थिए ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा १ हजार ७७ मत खसेको थियो । खसेको मतमध्ये २७ मत भने बदर भएको थियो । यस्तै उपसभापतिमा वृजहाङ आङदेम्वे र डिकेन्द्र विजयी भएका छन भने सचिवमा दीपक नेपाल र डेकेन्द्र तामाङ निर्वाचित भएका छन । सह सचिवमा सन्तोष श्रेष्ठ र गजेन्द्र राई निर्वाचित भएका छन ।

प्राप्त गरेको मत यसप्रकार छ:-
जम्मा झरेको मत–१०७७
गणना मत–१०७७
सभापति
१.रुपनारायण जबेगु – ६३४ बिजयी
२.सुरेन्द्रकुमार दाहाल –४१६
उप सभापति :
१.डिकेन्द्रकुमार चेम्जोङ –४५१ बिजयी
२.मणिचन्द्र चेम्जोङ –४३३
३.बृजहाङ आङ्देम्बे –६२५ बिजयी
४.समरबहादुर अधिकरी–४४०

सचिवः
१.एकराज नेम्बाङ –१५६
२.डिकेन्द्रकुमार तामाङ –४७० बिजयी
३.दिपक नेपाल –५२७ बिजयी
४.धनराज तुम्बापो –४१४
५ .सुबराज थापा –३७७
सह–सचिव :
१. कृष्णकुमार फियाक –३७०
२.गजेन्द्र राई –४९९ बिजयी
३.धनसिङ नेम्बाङ –४३०
४ सन्तोष श्रेष्ठ –६०८ बिजय

प्रतिक्रिया लेख्नुहोस्