विशाल बेघा

च्याङ्गथापु फलैचा सराेकार समाज पाँचथर जिल्ला याङवरक १ च्याङ्गथापु र २ फलैचा बाट काठमाण्डाै उपत्यकामा आएर विभिन्न पेशा ब्यवसाय गरि बसाेबास गरिरहनु हुने समुदाय मिलेर बिगत २०६६ सलमा स्थापना गरिएकाे एउटा गैह्र नाफामुलक सँस्था हाे । च्याङ्गथापु र फलैचा बासि दाजुभाई तथा दिदी बहिनी हरुकाे शुख र दु:ख मा हरेक प्रकारले साथ दिनु याे सँस्थाकाे मुल उद्देश्य रहेकाे र स्थापनाकाे केहि बर्षसम्म खासै उपलब्धि मुलक कामहरु गर्न नसकेता पनि बिगत तीन बर्ष देखि सामुदायिक अध्ययन केन्द्र च्याङ्गथापुलाई पुस्तक हस्तान्तरण देखि बिरामिकाे उपचारमा आर्थिक सहयाेग तथा आगलागि पिडितहरु लाई राहत बितरण जस्ता काम हरु गर्दै आएकाे कुरा संस्थाका संस्थापक सचिब श्री सरद अधिकारिले जानकारि दिनु भयाे।
फलैचा घर भई हाल भक्तपुर बसाेबास गर्नु हुने प्रबिण बेघा अध्यक्ष रहेकाे उक्त संस्थामा चन्द्र प्रसाद पाेखरेल उपाध्यक्ष सचिब सरद अधिकारी सह-सचिब किरण खरेल काेषाध्यक्ष जगत साम्पाङ लगायत अन्य ०८ जना संस्थापक सदस्यहरु रहनु भएकाे छ।
संस्थाका शुभचिन्तक तथा समाजसेबि श्री टिकाराम उप्रेती र सचिब सरद अधिकारिकाे सल्लाह र अवधारणामा मिति २०७६ चैत्र १८ गते सचिब काे जन्म दिनमा सुरुवात गरिएकाे पृथक अभियान हालसम्ममा विभिन्न समाजसेवि हरुकाे सहयाेगमा पाँच लाख पचास हजार भन्दा धेरै रुपैया संकलन भईसकेकाे र निरन्तर रुपमा हुने क्रम रहेकाे सचिब अधिकारी बताउनु हुन्छ।
अधिकारिका अनुसार संस्थाले अाफ्ना बुबा-अामा लगायत परिवारका मृतक सदस्यकाे सम्झनामा पनि संस्थामा सहयाेग जम्मा गर्न सकिने र हालसम्म यसै “स्मृति काेष ” मा पनि जम्मा ६४००० रकम जम्मा भएकाे र याे पनि क्रमिक रुपमा बढिरहेकाे सचिब अधिकारी बताउनु हुन्छ।
(जन्माेत्सब काेषमा हाल सम्म जम्मा गर्नुहुनेकाे सङ्ख्या १०५ जना हुनुहुन्छ भने स्मृति काेषमा हालसम्म १० जनाले जम्मा गर्नु भएकाे छ।
याे सङ्कलित सहयाेग हरु विभिन्न अापतकालिन बिपत्ति हरुमा सहयाेग गरिदै अाईएकाे र अागमि दिनहरुमा पनि निरन्तर गरिने अधिकारी बताउछन। यसरी अभियान चलाउदा धेरै जना काे उद्दार र उपचारमा सहयाेग गरि ज्यान समेत बचाउन सकिने उनकाे अनुभव रहेकाे बताउछन अधिकारी।
संस्था पुनर्गठन गरि संस्थापक सचिब शरद अधिकारिलाई अबकाे नेतृत्व दिनु पर्छ भन्ने मनसाय सबैकाे रहेकाे बुझिएकाे छ। भबिस्यमा च्याङ्गथापु फलैचा सराेकार समाजलाई एउटा उदाहरणिय संस्थाकाे रुपमा स्थापित गर्ने याेजना रहेकाे र त्यस्काे लागि संस्थाले चलाएकाे याे “जन्माेत्सब काेष” ले ठुलाे टेवा दिन सक्ने कुरा अभियानलाई नेतृत्व गरिरहनु भएका अधिकारिले हामिलाई बताए।
देश बिदेशमा रहनु भएका च्याङ्गथापु र फलैचा लाई जन्म भुमि मान्नु हुने मात्र नभई मानव सेवा गर्न ईच्छुक धेरै महानुभाबहरुले अाफ्नाे जन्म दिनमा हुने फजुल खर्च कटाएर सामाजिक सेवाकाे लागि सराेकार समाजलाई गरिरहनु हुने सम्पुर्ण दानबिर महानुभाब हरु प्रति संस्था कृतज्ञ छ भन्नू हुन्छ संस्थाका काेषाध्यक्ष जगत साम्पाङ्ग ।
संस्थाका क्रियाकलाप र पार्दरशिताका कारण च्याङ्गथापु फलैचा सराेकार समाजले धेरैकाे मन जितेकाे छ भन्नू हुन्छ संस्थालाई निरन्तर साथ र सहयाेग दिईरहनु हुने श्री बिष्णु उच्च मा•बि च्याङ्गथापुका शिक्षक गंगा खरेल ।

संस्थाकाे उन्नति र प्रगति साथै अभियानकाे निरन्तरता र सफलताकाे हाम्राे पनि शुभकामना छ।

प्रतिक्रिया लेख्नुहोस्