रमेश सापकोटा
पाँचथर जिल्ला स्थितCovid 19 Crisis Management Center तथा जिल्ला स्तरीय कमाण्ड पोष्टले हिलिहाङ गाँउ पालिका स्थित झरनामा मानिसको आवागमन निशेध गर्न गाँउ पालिकाका नाममा पत्राचार गरेकाे छ ।
उक्त स्थलमा मानिसको भीड बढेको सन्दर्भमा समाचार प्रसारण भएपछि कमाण्ड पोष्टले यस्तो निर्णय गर्दै पत्र लेखेकाे हाे ।
प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाँइको अध्यक्षतामा हिजो –(आइतवार साँझ) बसेको बैठकले जिल्ला भित्रका कुनै पनि स्थानमा मानिसको जमघठ बन्द गरेको अवस्थामा समेत जिल्ला भित्र र बाहिरबाट दैनिक सयौंको संख्यामा मानिसको आवागमन हुँदा कोरोना भाइरसको सहितका सरुवा रोगहरुको संक्रमण फैलिनसक्ने भन्दै गाँउपालिका लाई पत्र लेख्दै मानिसको प्रवेश निशेष गर्न भनेको हो । हिलिहाङ २ र ३को संगम स्थलमा अवस्थित मृदुङगा र मिलुङ नामले परिचित तथा उक्त झनना नामाकरणको आधारमा केही बिबाद चलेको देख्नुका साथै उक्त झरनामा स्वास्थ सम्वन्धि सामान्य मापदण्ड समेत पालना नगरी फोटो भीडियो खिच्ने,नुहाउने र दृश्यावलोकन गर्नेहरुको भीड सँगै माहामारीको जोखिम बढेको सन्दर्भमा सञ्चार माध्यमले रिपोर्ट प्रसारण गरेका थिए । सोहि रिपोर्टका आधारमा स्थलगत अनुमगन गर्दा भीड नियन्त्रण बाहिर रहेकाले मानिसको आवागमन बन्द गर्न गाँउपालिकालाइ भनिएको कमाण्ड पोष्टले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्