अमिर माबो
नेपाली गीत संगीत को बजार धेरै सानो छ । गीत संगीत मै भविस्य खोज्छु भनेर धेरै ले संघर्ष गर्दागर्दै पनि सफल हुन नसकेर परदेश पलायन हुनु परेको उदाहरण धेरै देखिन्छ । पछिल्लो समय नेपाली गीत संगीतको चर्चा ट्रेडिङ कस्को भन्ने पनि हेर्न थालिएको अवस्था छ। ट्रेडिङ मा आएको प्राय गीतहरु मा नकारात्मक टिप्पणीहरु गरेको छन् दर्शक श्रोताहरु ले। नेपाली गीत संगीत को बजार सानो हुदा हुँदै पनि धेरै गीतहरु विवाद मा आएको देखिन्छ।

पछिल्लो समय पुर्व बाट धेरै राम्रो राम्रो नेपाली म्युजिक भिडियोहरु निमार्ण भइरहेको छ। यहीँ बिचमा आफुलाई सक्षम डाइरेक्टर को भुमिका निर्वाह गरेका छन् Bhupendra Tumbangphe ले। उहाँले नेपाली गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरु को लागी धेरै राम्रो राम्रो नेपाली म्युजिक भिडियो हरु बजार ल्याएका छन् ।

Hems Entertainment युट्युब च्यानल बाट दर्शक श्रोताहरु माझ धेरै राम्रो म्युजिक भिडियो बजारमा आएको छ। गीतकार को रुपमा दर्शक श्रोताहरु माझ चिनिएका दिपेन्द्र खड्का को शब्द रहेको ” फुल टिपि ” भन्ने गीत बजारमा आएको छ।जुन गीतमा चर्चित गायक तारा लक्सम को आवाज रहेको छ भने गायक लक्सम कै संगीत रहेको छ। (Prank Star ) भनेर चिनिएका एलिश राई र भावना मगर को अभिनय रहेको छ भने यस गीतको निर्देशक भुपेन्द्र तुम्बाहाङ्फे ले गरेका छन् । ड्रन मा हेमन तामाङ रहेको छ भने क्यामरामेन मा निर्देशक भुपेन्द्र तुम्बाहाङ्फे आफैले गरेको छन् । सम्पादन अनिन राना को रहेको छ भने यस गीतलाई मोरङ को उर्लाबारी आसपास मा छायांकन गरिएको छ।

भिडियो :लिन्क

https://youtu.be/4_NRKg_h6O8

 

 

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्