हराएको शान्ति

धेरै क्रान्तिहरु आए,शान्ती आएन
बिचारहरु जन्मिए,एकता जन्मिएन
मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण बदलिए
देशको मुहार कहिल्यै फेरिएन

कोही संकल्प गर्ने मान्छे नै भएन
अरुको भरमा बाँच्ने भ्रम नै हटेन
अरुलाई आरोप लाउने बानी फेरिएन
बिकृति,नशा र सत्तामा भुल्नेहरु ब्यँझेनन्

साहस गरे त असम्भव हुँदैन
भरिया महामानव बन्दैन भन्नु हुँदैन
संघर्ष नगरी महापुरुष बन्दैन
दृष्टिकोण नबद्ली,जगत बदलिँदैन

आफ्नै मनलाई शान्ती दिलाऊँ क्रान्ति भगाऊँ
सकरात्मक बिचारले नकरात्मकता हटाऊँ
जिन्दगी एकदिन मर्छ बुझी स्वार्थ त्यागौं
हड्ताल,अत्यचार,अपराध मुक्त देश बनाऊँ

सबै शित विद्वान त सचेत छैन |
कल्पनाशील,सिर्जनशीलता जागरुक छैन
भाषण र नारा घन्काउनेबाहेक मान्छे छैन
स्वतन्त्र र आनन्दको अनुभुति कसैलाई छैन

लीला सेलिङ माबो

साभार: लाहुरेनि पीडा 

प्रतिक्रिया लेख्नुहोस्