काठमाडौं । नेपालको भौगोलिक बनावटको कारण २०० सीसी क्षमताका मोटरसाइकल पर्फेक्ट मानिन्छन् । अहिले बजारमा  बजाज पल्सार एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४ भी, हिरो एक्स्ट्रीम २०० आर, केटीएम ड्यूक २०० लगायतका मोटरसाइकलहरु बढी प्रयोग हुने गरेका छन् ।

यी मोटरसाइकलको मेन्टिनेन्स शुल्क ३५० सीसी र ५००सीसीका मोटरसाइकलभन्दा निकै सस्तो रहेको छ । यी मोटरसाइकलको पार्टपूर्जा पनि धेरै महंगो छैन भने, माइलेज पनि राम्रो दिने गरेको पाइन्छ । २०० सीसीको मोटरसाइकल नेपाली बजारमा ३ लाख देखि ३ लाख ९० हजारको बीचमा पाउन सकिन्छ ।

यी कारण बढी रुचाइन्छ २०० सीसीका बाइक 

१. २०० सीसीका बाइक स्टाइलिस र आकर्षक डिजाइनका रहेका छन् । युवाहरुलाई लक्षित गरि ल्याइएका यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र डियुल टोन कलरमा उपलब्ध रहेको छ । मस्कुलर बडी र आर्कषक लुकका कारण पनि यी मोटरसाइकलको बढी माग हुने गरेको पाइन्छ ।

२. २०० सीसी सेग्मेन्टको मोटरसाइकलले राम्रो माइलेज दिने हुँदा बजारमा यस्ता मोटरसाइकलको माग धेरै रहेको छ । यी मोटरसाइकलले ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन्छन् ।

३. यी बाइकमा दिइएको २०० सीसी क्षमताको इन्जिनले २४ बीएचसम्म पावर प्रदान गर्छन् भने सेग्मेन्ट पफरमेन्सका हिसाबले पनि निकै राम्रो मानिन्छन् ।

४. लामो दुरीमा यात्रा गर्नेहरुकोे रोजाईमा यस्ता मोटरसाइकलहरु पर्ने गरेका छन् । यी मोटरसाइकल चलाउन निकै आरामदायी मानिन्छन् ।

५. सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रा रहेका छन् । चौडा टायरको प्रयोग र एबीएस जस्ता फिचरले २०० सीसीका बाइक निकै चर्चित रहेका छन् ।

श्रोत :मेरो अटो

प्रतिक्रिया लेख्नुहोस्