विशाल बेघा

गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बु र गायीका तथा संगितकार चन्द्रकला राईको सुमधुर आवाजमा सजिएको मारुनी भाकाको पुर्बेली गीत ‘गुराँस टिपी’को भिडियो हालसालै सार्वजनिक भएकाे छ ।

उक्त गित गीतकार तथा संगीतकारको रुपमा समेत अाफ्नाे छुट्टै छवि बनाएकी गायिका चन्द्रकला राईको शव्द तथा संगीतमा सजिएको मारुनी गीतको भिडियो गायक यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएकाे हो ।

कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेकाे लिप्सिङ भिडियोमा पदम राजन मगरको संगीत संयोजन रहेको छ ।

मुस्कान मुकारुङ राईको मिक्सिङमा रहेकाे उक्त मारुनी भाकालाई दर्शक स्रोताहरुले मनपराउनु हुनेछ भन्नेमा गायक यादन र गायिका चन्द्रकला लाई पुर्ण अाशा रहेकाे बताएका छन् ।

भिडियो

प्रतिक्रिया लेख्नुहोस्